Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

तत्काल राजिनामा दिन्न : गृहमन्त्री थापा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादलले १ घन्टा छलफल गरेका छन्।

छलफल गरेपछि उनले तत्काल राजिनामा नदिने निर्णय लिएका छन् । उनले बुधबार दिउँसो बालुवाटार गएर ओलीसँग छलफल गरेका थिए ।

बालुवाटारबाट निस्किएपछि बादलले तत्काल राजिनामा नदिने मनिस्थिती बनाएको उनका एक सहयोगीले बताए ।

स्रोतका अनुसार बादल अझै ओली पक्षमै लाग्ने मुडमा छन् ।

तर, आफु निकट नेताहरुलाई ओलीले संविधान मिचेर संसद बिघटन गरेकाले उनलाई साथ दिन नहुने भएकाले राजिनााम दिन सुझाएका थिए । उनका धेरै नेताहरु प्रचण्ड माधव नेपाल पक्षमा लागिसकेका छन् ।

बादल निकट स्राेतका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको ‘सेकेन्ड म्यान’ हुने गरी बादलले कित्ता क्लियर गरिसकेका छन्। पूर्वमाओवादीका नेता बादल पार्टी ध्रुवीकरण भएपछि कुनै पक्षको बैठक र भेलामा सहभागी भएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077