Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • बेमौसमी निर्वाचनः अर्थतन्त्र थप धराशायी हुने संकेत

    बेमौसमी निर्वाचनः अर्थतन्त्र थप धराशायी हुने संकेत

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोभिड–१९ को असरले थिलोथिलो भएको मुलुकको अर्थतन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र आगामी वैशाखमा निर्वाचन गर्ने घोषणाले उठ्नै नसक्ने अवस्थामा पु¥याउने भएको छ ।

    आर्थिक वर्ष साउनमै लागे पनि विकास निर्माणका काम तिहारपछि मात्र सुरु गर्ने हाम्रो परम्परा छ । अधिकांश मन्त्रालयहरूले आर्थिक वर्षको मध्यबिन्दु पुसभित्र बोलपत्रका सबै प्रक्रिया सकाएर त्यसपछिका दिनमा निर्माणको काम सुरु गर्छन् । तर यो वर्ष काम गर्ने समयमा निर्वाचन गराउनुपर्ने भएकाले सबै सरकारी कर्मचारीको ध्यान चुनावमा जानेछ । यही कारण पुँजीगत बजेटको खर्च बढ्न सक्ने देखिँदैन । बजेट खर्च नहुनु भनेको अर्थतन्त्र थप खुम्चिनु हो ।



    चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ विकास आयोजना निर्माणमा विनियोजन गरेको छ । अहिलेसम्म विनियोजित बजेटको १०.५२ प्रतिशत मात्र रकम बजेट खर्च भएको छ । विगतलाई हेर्दा पुँजीगत बजेट वर्षका अन्तिम महिनाहरूमा धेरै हुँदै आएको छ ।



    आर्थिक समृद्धिको नारा दिएर प्रधानमन्त्री भएका ओलीले समयअगावै निर्वाचनमा जाने घोषणा गरेपछि यसले समृद्धिभन्दा अर्थतन्त्रका सूचकमा नकारात्मक असर पार्ने अर्थ मन्त्रालयका पूर्वअधिकारीहरूको धारणा छ । निर्वाचनले खर्च बढाउने भए पनि उत्पादनमूलक क्षेत्रमा खर्च नहुँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने उनीहरू बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

    रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार