Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीले संसद विघटन गरेपछि सांसदहरूको बिचल्ली, कोठा खोज्न थाले

    ओलीले संसद विघटन गरेपछि सांसदहरूको बिचल्ली, कोठा खोज्न थाले

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि सांसदहरूको बिचल्ली भएको छ ।

    पाँच वर्षसम्म राम्रैसँग काठमाडौंमा बसौँला भनेर आएका सांसदहरूको तीन वर्षभित्रै ओलीले बिचल्ली बनाइदिएका छन् । करिब ३० प्रतिशत सांसदहरू फल्याट छाडेर एउटा कोठा खोज्दै हिँडेका छन् । उनीहरूले फल्याट धमाधम छाड्न थालेका हुन् ।



    नेकपाकी एकजना सांसदले भनिन्, ‘संसद सचिवालयबाट तलव, भत्ता आउँथ्यो र पो २५ हजारसम्म तिरेर फल्याटमा बसेका थियौँ । संसद विघटन भयो । घर भाडा तिर्न सकिँदैन । एउटा कोठा खोजी रहेको छु ।’



    धेरै सांसदहरूको अवस्था यस्तै छ । संसद सचिवालयले कात्तिक महिनामा जम्मा १३ हजार मात्रै खातामा पैसा हालिदिएको नेकपाकी ती सांसदले भनेकी छिन् ।

    ‘कात्तिक महिनाको जम्मा १३ हजार मात्रै खातामा पैसा आएको छ’, उनले भनिन्, ‘तलव भत्ता किन काटिएको हो, केही भनिएको छैन ।’ कोभिड–१९ को उपचार कोषका लागि हो कि भन्ने जिज्ञासामा ती सांसदले भनिन्, ‘कोरोनाको लागि सांसदहरूको तलव पहिला नै काटिएको थियो । यस पटक किन काटियो थाहा भएन ।’

    नेकपाकी ती सांसद २५ हजार भाडा तिरेर बस्दै आएकी थिइन् । जिल्लाबाट आउने कार्यकर्ताहरूलाई राख्नका लागि पनि उनले फल्याट भाडामा लिएर बसेकी थिइन् । आय स्रोत नभएपछि फल्याट छाडेर कोठामा बस्ने सुरसार उनको छ । हुने खाने सांसदहरूलाई समस्या छैन ।

    तर, कुनै पेशा व्यवसाय नभएका सांसदहरूलाई घर भाडाले नै समस्या बनाएको छ । नेपाली कांग्रेसकी अर्की सांसदले पनि १८ हजार तिरेर बसेको फल्याटलाई छाड्ने तयारी गरेकी छिन् ।

    उनले ६–७ हजार पर्ने कोठा खोज्न शुरु गरेकी छिन् । ‘संसद हुँदा तलव भत्ता आउँथ्यो’, उनले भनिन्, ‘अब समस्या हुने भयो । एउटा कोठा खोजी गरिरहेको छु ।’ उनले संसद ब्युतियो भने सहज हुने बताएकी छिन् । एक महिनाभित्र संसद ब्युतियो भने राम्रो हुने उनको भनाइ छ । तर, संसद ब्युतिन्छ वा ब्युतिदैन केही भन्ने अवस्था छैन ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार