Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रवक्ता श्रेष्ठले भने-प्रमुख निर्वाचन आयुक्तले नेकपा विवादबारे चाँडै नै निर्णय हुने बताउनु भएको छ

    प्रवक्ता श्रेष्ठले भने-प्रमुख निर्वाचन आयुक्तले नेकपा विवादबारे चाँडै नै निर्णय हुने बताउनु भएको छ

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।

    अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका शीर्ष नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर आफूहरु आधिकारिक नेकपा भएको बताएका हुन् ।



    प्रवक्ता श्रेष्ठले आफूहरुले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएकामध्ये माइन्युटमा हस्ताक्षर गर्ने २९५ जनाको आधिकारिक प्रतिलिपि बुझाएको बताए। जवाफमा प्रमुख निर्वाचन आयुक्तले राजनीतिक दलसम्बन्धी ऐन/कानुन हेरेर चाँडै नै निर्णय गर्ने आश्वासन दिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार