Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायधीशकाे नाममा अर्बाै ठगी गर्ने पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडाैँले विभिन्न ब्यक्तिलाई ठगी गरेको आरोपमा सहदेव कक्षपतिलाई पक्राउ गरेकाे छ। महाशंकर रेग्मीको जग्गा ठगी गरी हडप्न खोजेपछि कक्षपती शनिबार पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले उनी पक्राउ परेको पुष्टी गरेका छन् । ठगी र जग्गासम्बन्धी उजुरीमा कक्षपतीलाई नियन्त्रणमा लिइएको एसएसपी सिंहले बताए

सहदेव कक्षपतीले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई भिनाजु नता लगाउँदै ठगी गर्दैआएका थिए । उनीबाट पचासौं जना पीडित छन् । उनले थुप्रै ब्यक्तिको जगगा हडप्ने, मुद्दा दिने र अदालतमा मुद्दा दिएर सेटिङ गरी घरबारबिहीन पार्दैआएका छन् । उनीसँगै ठगीमा संलग्न रेवती ढकाल र बिष्णु श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेकाे छ। कक्षपति भारतीय ठग नटबरलालकै शैलीमा शक्तिकेन्द्रको पहुँच देखाउनेमा पर्दछन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नाममा पनि ठगीधन्दा गर्दैआएका थिए ।

ललितपुरको छम्पीमा पनि उनले बीसौं गरिबको जग्गा मुद्दा मामिला गरी हडपेका थिए । गरिबका जग्गा हडप्ने उनी बैंकमा तिनै जग्गा राखी ऋण लिएर नतिरेपछि कालोसूचीमा परेका फरार थिए । कक्षपतिबिरुद्ध अदालतले ३ महिना कैद संजाय तोके पनि उनी फरार थिए ।

नेपाल ट्रष्टको नाममा रहेको कामाडौं प्लाजाको भवनको लिज सकिएपछि पनि अदालत मिलाउँछु भन्दै ब्यापारीसँग पैसा लिएको तर पछि अदालतले अन्तरिम आदेश नदिएपछि पीडितहरुले पैसा फिर्ता मागिरहेका थिए । काठमाडौं प्लाजाका ब्यापारीहरुले उनलाई मुद्दा जिताइदिन्छु भनेकाले रकम दिएका थिए । तर मुद्दा नजितेपछि कक्षपति सम्पर्कबिहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077