Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रममन्त्रीको पुत्ला दहन

    श्रममन्त्रीको पुत्ला दहन

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 2.3K
    SHARES

    कैलाली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको पुत्ला दहन गरिएको छ । शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको हाे।

    मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरेकाे हाे ।



    निर्वाचन क्षेत्रमा आएर प्रधानमन्त्रीको विरोध गरेर र काठमाडौँमा गएर मन्त्री भएको प्रति आक्रोश व्यक्त गर्दै नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले निर्वाचन क्षेत्रमा बहिस्कार गर्नेसम्मको तयारी भइरहेको बताए ।



    लामो समय दाहाल-नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेका हुन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदबाट उनले श्रम मन्त्रीको जिम्मेवारी पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार