Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मन्त्री ढकालले भने- मलाई इमान बेच्नु छैन, सुनाम कमाउनु छ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफु इमानसँग कुनै पनि हालतमा सम्झाैता नगर्ने बताएका छन्।

आइतबार कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले सेवामा समर्पित हुँदै सुनाम कमाउने मात्रै उद्देश्य राखेको बताए ।

उनले भने,'इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने मेराे राजनीतिक उद्देश्य हाेइन्।'

उनले थपे, ‘राज्य दोहन गरेर राज्यबाट मैले के पाउँछु भन्ने कुरा भन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत भएर सोचौं ।’

पहिले स्वास्थ्य मन्त्री बनेका ढकाललाई हालै पर्यटन मन्त्रीको जिम्मा दिइएको छ । उनले पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदनामीहरुले राम्रो नगरेको पनि मन्त्री बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077