Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नयाँ शहर स्थापना प्राथमिकतामा : मन्त्री साह

काठमाडाैँ । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

आज मन्त्रालयमा पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उनले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको स्मरण गरे। त्यसबेला जोखिम मोलेर भए पनि विकासका लागि आफूले शहर बनाउने स्थान तोकेको उनको भनाइ थियो ।

“सही कामका लागि जोखिम मोल्न जनप्रतिनिधि र कर्मचारी तयार हुनुपर्छ, यस्तो नभएकैले सम्पन्न विदेशतिर र विपन्न विचलित हुने अवस्था छ, अब यसलाई रोक्नुपर्छ”, उनले भने ।

गत असोज २८ गतेदेखि शहरी विकास मन्त्रालयको कार्यभार सम्हाली पुस १० गतेको मन्त्रिमण्डल पुनर्गठनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तलैबाट मन्त्री बनेकाले सधैँ तल्लो वर्गलाई हेर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077