Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्डले भने -केपी ओली श्री ३ महाराज जंगे हुन

    प्रचण्डले भने -केपी ओली श्री ३ महाराज जंगे हुन

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई श्री ३ महाराज जंगेकाे संज्ञा दिएका छन्।

    जनसांस्कृतिक महासंघ नेपालको भेलामा बोल्दै उनले भने,’हामी सडकमा पुगेको होइन। हामी जनतामा गएका हौँ। केपी ओली श्री ३ महाराज जस्तो जंगेको बाटोमा हिँड्नुभयो। हामीलाई जनताको बीचमा जाने वातावरण मिल्यो। जनताको हिरो बन्ने बाटो मिल्यो।’



    त्यस्तै प्रचण्डले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा सरकार गठन हुने विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन्। तर, अहिले ओलीले स्थायित्वका लागि परिकल्पना गरेको विषय लत्याउँदै संविधानको विरुद्ध हुनेगरी प्रतिनिधिसभा विघटन गरेको आरोप उनले लगाए।



    ‘तीन करोड नेपालीको सार्वभौमिकतामाथि केपी ओलीले जो प्रहार गरेको छ त्यस विरुद्ध लाग्नुपर्छ,’उनले भने,’सांस्कृतिककर्मी पनि संघर्षमा उत्रिनुपर्छ।’

    उनले सदन विघटन नभएको समेत दाबी गरे। ‘सदन विघटन भएको छैन। विघटन भएको भनेको केपी ओलीको सरकार हो। उसले जसरी प्रतिनिधिसभाको हत्या भयो भनेको छ, त्यस्तो होइन। प्रतिनिधिसभा जिवित छ,’ उनले भने।

    उनले संविधानलाई व्याख्या गर्ने अदालतले भएको भन्दै अदालतले छिटोभन्दा छिटो संसदको बैठक सुरु गर्न आदेश दिने विश्वास व्यक्त गरे। उनले पार्टीभित्र अन्तरसंघर्ष लामो समयदेखि चलेको पनि बताए।

    ‘सही र गलतको बीचमा अन्तर्संघर्ष चलेकै हो। पार्टी एकताको विधान र राजनीतिक प्रतिवेदन अनुसार चल्नुपर्छ भन्ने र व्यक्तिवादी ढंगले चल्न पाउनुपर्छ भन्ने बीचको,’ उनले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार