Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • देउवाले भने- संसद विघटनविरुद्धकाे मुद्दामा कांग्रेसले अदालतकाे निर्णय मान्छ

    देउवाले भने- संसद विघटनविरुद्धकाे मुद्दामा कांग्रेसले अदालतकाे निर्णय मान्छ

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडाैँ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कदमविरुद्ध अदालतमा मुद्दा रहेको भन्दै त्यसबारे आउने जस्तोसुकै निर्णय पनि काँग्रेसले मान्ने बताएका छन् । अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्ष विपक्षमा जस्तो निर्णय आएपनि काँग्रेसले स्वीकार गर्ने उनको भनाइ छ ।

    ‘अदालतलाई तर्साउने र धम्क्याउने बानी र चलन हाम्रो छैन । काँग्रेस अदालतको निर्णय मान्ने पार्टी हो’, भक्तपुरमा काँग्रेसद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले अदालतलाई सबैभन्दा स्वतन्त्र निकाय मानेका छौं । सरकारले र संसदले बदमासी गर्न गर्ला भनेरै अदालत राखिएको हो । अन्तिम ठाउँ भनेको न्यायालय हो । न्यायालयको जस्तो निर्णय हुन्छ, चाहे पक्ष्माा होस् या विपक्षमा अदालनको निर्णय मान्छौ ।’



    संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर बिरोध प्रदर्शन गरेको छ । बिरोध प्रदर्शनमा कांग्रेस नेताहरुले संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको बिरोध गरेका थिए । कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार