Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेसबुकको माध्यमबाट ४२ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । महानगरिय अपराध महाशाखाले सामाजिक संजाल फेसबुक र ह्वाट्सएपमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

आफूलाई नेदरल्याण्डको नागरिक बताउने र फेसबुकमा Favour Willfered नामको आईडी प्रयोग गरी विभिन्न बहुमूल्य सामानहरु पठाइदिने भन्दै ठगी गर्ने सन्तोष श्रेष्ठ र आशा श्रेष्ठलाई महाशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले अनलाईन नेपाललाई बताए ।

महाशाखाका अनुसार श्रेष्ठद्धयले पिडितहरुलाई फेसबुकमाम फ्रेण्ड रिक्वेस्ट पठाई साथी बनी कुराकानी गर्दै जाने क्रममा ह्वाट्सएपमा समेत सम्पर्क गरी आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु र सूनका गररहना तथा डलर समेत पठाई दिने भनी प्रलोभनमा पारी बैंकमा रकम जम्मा गर्न लगाएका थिए ।

श्रेष्ठद्धयले पिडितहरुलाई दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको नामको बैंक खाता र आईएमई समेत बाट जम्मा ४१ लाख ९८ हजार ४ सय ५० रुपैयाँ पठाउन लगाई ठगी गरेको महाशाखाले जनाएको छ ।

२२ वर्षका सन्तोष र वर्ष १९ की आशा भुमे गाउँपालिका– ३ मोरवाङ, पुर्वी रुकुम घर भई हाल किर्तिपुर बस्दै आएको पनि खुलेको छ ।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा महाशाखाको टोलीले ठगीमा संलग्न सन्तोष र आशालाई हिजो काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो ।

श्रेष्ठद्धयमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077