Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सभामुखले भने– प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन

    सभामुखले भने– प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2K
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको बताएका छन् । अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भएकाले संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे विभिन्न पक्षसँग परामर्श लिइरहेको पनि सापकोटाको भनाइ छ ।

    प्रचण्ड–नेपाल नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ, कांग्रेस निकट महिला संघ, जनता समाजवादी निकट समाजवादी महिला संघ र विवेकशील साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।



    ‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन,’ सभामुख सापकोटाले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनबारे सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।



    सोसम्बन्धमा सभामुख (संघीय संसद सचिवालय)सँग समेत जवाफ माग गरिएको छ । सापकोटाले अदालतमा पनि आफूले यही (प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने) प्रतिउत्तर दिने बताए। सापकोटाले आफू जहिले पनि संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितका लागि सधैं समर्पित हुने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार