Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा विवादले लियाे नयाँ माेड: १५ जना सांसद निलम्बन

    नेकपा विवादले लियाे नयाँ माेड: १५ जना सांसद निलम्बन

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2K
    SHARES

    विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश १ का संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् । दुई चिरामा विभक्त नेकपा विवादको असर प्रदेश हुँदै स्थानीय तहसम्म पुग्दा एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन् ।

    यसअघि दाहाल–नेपाल समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई दलको नयाँ नेता चुनेका थिए । प्रमुख सचेकत वुध्दिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरेको बताएका छन् ।



    अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पटीकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो । निलम्बित हुनेमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।



    प्रदेश–१ मा प्रत्यक्षका ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ । जसमा नेकपाको ६७, कांग्रेस २१, जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ । जसमध्ये प्रदेश १ मा नेकपाका ६७ सांसद मध्ये बहुमत अर्थात् ३६ जना राईलाई हटाउनु पर्ने पक्षमा उभिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार