Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट आजपनि ‘हेर्न नभ्याइने’

    मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट आजपनि ‘हेर्न नभ्याइने’

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट बिहीबारपनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पेसी चढेको रिट हेर्न नभ्याइनेकाे सूचिमा परेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । त्यसको पाँच दिनपछि १० पुसमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर कामचलाउ भइसकेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका भन्दै त्यसकाेविरूद्धमा सर्वाेच्चमा रिट परेका थिए ।



    वैशाखका लागि चुनाव समेत घोषणा गरिसकेको कामचलाउ सरकारले मन्त्रीहरू थपेको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । रिट निवेदकहरूले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिपति कार्यालयलाई प्रतिवादी बनाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार