Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • १८ किलो अफिमसहित ३ जना पक्राउ

    १८ किलो अफिमसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2K
    SHARES

    सांकेतिक तस्विर

    रुकुमपूर्व । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले १८ किलो ५ सय ग्राम लागूऔषध अफिमसहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भूमे गाउँपालिका–३, झुम्लाबाङका ३४ वर्षीय ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४, अमलाचौरका ५८ वर्षीय मन्सराम खत्री र भूमे गाउँपालिका–३, झुम्लाबाङ घर भइ वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षीय हिक्मत पुन रहेका छन् । उनीहरू छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।



    उनका अनुसार ताराप्रसाद र मन्सरामलाई १४ गते राति ११:५० बजे सिस्ने गाउँपालिका–६ को छिप्रिदहस्थित एक होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो ।



    अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको डिएसपी बज्राचार्यले बताए ।

    १४ गते दुई जनालाई पक्राउ गरी थप अनुसन्धान गर्दा हिक्मत पनि अफिम कारोबारमा संलग्न भएको खुलेको हो । ५ किलो ५ सय ग्राम अफिमसहित हिक्मतलाई पनि प्रहरी बिहीबार पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार