Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • २ किलो ७०० ग्राम अफिमसहित दुईजना पक्राउ

    २ किलो ७०० ग्राम अफिमसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.5K
    SHARES

    पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले २ किलो ७ सय ग्राम लागूऔषध अफिम सहित २ जनालाई पक्राउ गरेकाे छ।

    पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ४५ बर्षिय दुर्गा बहादुर मोक्तान र रबि बहादुर सिजाली मगर रहेका छन्।



    लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले कोल्हवी नगरपालिका-६ प्रसौना बजारबाट नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार भई आईरहेका दुबै जनालाई अफिम सहित पक्राउ गरेको हो।



    अफिम सहित पक्राउ परेका दुबै जनालाई लागू औषध मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रबक्ता एवम डिएसपी गौतम मिश्रले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार