Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • साढे पाँच किलो अफिमसहित पोखराबाट तीनजना पक्राउ

    साढे पाँच किलो अफिमसहित पोखराबाट तीनजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 648
    SHARES

    कास्की । प्रहरीले पोखराबाट झन्डै ६ किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा पूर्वी रूकुम पुथाउत्तरगंगा गाउँपालिका– २ का ४१ वर्षीय दिपेश पुन, सोही गाउँपालिका वडा नम्बर– १ का ४० वर्षीय विराज पुन र बागलुको निसीखोला गाउँपालिका– ५ का तेजेन्द्रबहादुर पुन छन् । उनीहरुको साथबाट प्रहरीले ५ किलो ७ सय ग्राम अफिम बरामद गरेको छ ।



    कास्की प्रहरीका अनुसार लागुऔषध यिनयन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार राती १० बजे पोखरा–२५ हेमजाबाट उनीहरूलाई पक्राउ गरेको हो ।



    सडकमा बेच्न हिँडिरहेको अवस्थामा दिपेश पुनलाई अफिमसहित र खरिद बिक्रीमा संलग्न भएको भन्दै तेजेन्द्र र विराजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    अफिमसहित उनीहरूसँग भएको तीन वटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ । उनीहरूलाई लागुऔषध कसुरमा मुद्दा अनुसन्धान गर्न अदालतले २० दिन म्याद अनुमति दिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार