Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका ६ जना एसएसपी डीआईजीमा बढुवा सिफारिश भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङलाई बढुवाका लागि सिफारिश गरेको हो ।

सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका हुन ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ ।

जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)सदस्य सचिव रहन्छन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077