Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिबन्धित नोटसहित भारतीय युवक पक्राउ

विराटनगर । माेरङमा प्रतिबन्धित नोटसहित एक भारतीय युवक पक्राउ परेका छन्।

नेपालमा अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै प्रतिबन्धित नोट बोकेर अवैध रुपमा नेपाल भारतीय नागरिक २५ वर्षीय सुजित कुमार पक्राउ परेका हुन्।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उनलाइ प्रहरीले बिहीबार साँझ पक्राउ गरेकाे हाे। सुजितको साथबाट प्रहरीले पाँच सय दरका एक सय चारवटा अवैध भारतीय नोट फेला पारेको छ।

कोरोना महामारीका कारण दुवै देशमा आवतजावत बन्द गर्दै नाका शिल गरिएको अवस्थामा प्रतिबन्धित नोट बोकेर नेपाल छिरेको पाइएपछि भारत अररीयाका सुजितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए।

प्रनि थापाले जम्मा ५२ हजार भारतीय रुपैयाँ सुजितबाट बरामद भएको पुष्टि गरे। नेपालमा पाँच सय दरमाथिका भारतीय नोट बोक्न प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077