Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओली शर्माको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको पहिलाे बैठक शुक्रबार बसेको हो ।

बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका छन् । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा अहिले दलका नेताहरुले सम्बोधन गरिरहेका छन् ।

शुक्रबारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १२ गते राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी थिइन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077