Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • इन्सपेक्टर राजेशराज पुरीले पाए मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’

    इन्सपेक्टर राजेशराज पुरीले पाए मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’

    अनलाइन नेपाल
  • शुक्रबार, १७ पुष २०७७
  • 3.2K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले इन्सपेक्टर राजेशराज पुरीलाई मंसिर  महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’ प्रदान गरेको छ। वडा प्रहरी कार्यालय विर्ता,पर्सामा कार्यरत पुरीलाई कामको मूल्यांकनको आधारमा उत्कृष्ट प्रहरी पुरस्कार दिने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



    भारतसँग खुला सिमा जोडिएको जिल्ला पर्सामा हुने गरेका जघन्य प्रकृतिका अपराध नियन्त्रण, अबैध हातहतियार तथा लागूऔषध पक्राउ, फरार प्रतिबादी पक्राउ र भन्सार चोरी निकासी तथा पैठारी नियन्त्रण गरी उल्लेखनिय मात्रामा राजश्व संकलन गरी प्रहरीको छबीलाई उच्च बनाउन महत्वपूर्ण काम गरेको भन्दै पुरीलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी पुरस्कार घोषणा गरिएको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।



    पुरीले बिभिन्न समयमा घटेका अपराधहरुको सफल अनुसन्धान, सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यबस्थापनलाई व्यबस्थित बनाउन समुदाय-प्रहरीको साझेदारी अबधारणा अनुरुप बिभिन्न स्थानहरुमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेर समाजमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

    पुरी आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा चार देशका प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट भएका इन्सपेक्टर पनि हुन।

    २०७४ कार्तिकमा भारतका गृहमन्त्री राजनाथ सिंहले महत्वकाङ्क्षी पुरस्कार मानिने आईपीएसको ‘स्वर्ड अफ अनर’ इन्सपेक्टर पुरीलाई हस्तानान्तरण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार