Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुरा जिल्लाकै उत्कृष्ट प्रहरी बनिन् जानकी कार्की

    बाजुरा जिल्लाकै उत्कृष्ट प्रहरी बनिन् जानकी कार्की

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 876
    SHARES

    बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी जवान जानकी कार्की श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन् ।

    बिहीबार कार्यालयमा एक समारोहको आयोजना गर्दै प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले प्रहरी जवान कार्कीलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।



    बैतडी दोगडा केदार गाउँपालिका-१ घर भएकी कार्की जिल्ला प्रहरी कार्यालय बाजुराको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी शाखामा कार्यरत रही घरेलु हिंसा, लैङ्गिक हिंसा लगायत घटनामा मिलामत्र गराउनुका साथै रेडियोको माध्यमबाट जनमानसमा प्रहरीप्रति जनविश्वास बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी जवान कार्कीलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



    उनले विभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेकाले सम्मान गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार