Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मुर्ति चोरीमा चितवनका जनप्रतिनिधि नै संलग्न, ३ जना पक्राउ

    मुर्ति चोरीमा चितवनका जनप्रतिनिधि नै संलग्न, ३ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १८ पुष २०७७
  • 4.5K
    SHARES

    चितवन । चितवनमा बुद्धको मुर्तिसहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेका तीनजनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ ।

    पक्राउ पर्नेहरुमा रत्ननगरपालिका वडा नम्बर १२ जिरौना बस्ने ४७ बर्षिय ठूलो कान्छा तामाङ, सोही ठाउँका २७ बर्षिय सुरज तामाङ र वडा नम्बर ११ मंगलपुरका ४७ बर्षिय रोज बहादुर योञ्जन रहेका छन् । उनीहरुमध्ये ठूलो कान्छा १२ नम्वर वडाका वडा सदस्य हुन् ।



    रत्ननगरपालिका वडा नम्बर १२ जिरौनास्थित जहारसिंह तामाङको घरमा प्राचिन पुरातात्विक महत्वको मुर्ति विक्रि प्रयोजनका लागि घरमा लुकाइछिपाई राखेको अवस्थामा उक्त मुर्ति फेला परेको चितवन प्रहरीले जनाएको छ ।



    अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको वुद्दको जस्तो देखिने पित्तलको उक्त मुर्ति (रेम्वोच) २७.८२० केजी तौलको छ ।

    वागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले उक्त मुर्तिसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी रविन कार्कीले बताए ।

    प्रहरी निरिक्षकहरु प्रकाश शाह र रोशन खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको पनि डिएसपी कार्कीले बताए ।

    हिजो पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार