Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुर्ति चोरी मुद्दामा दीपक मनाङ्गेकी श्रीमती पक्राउ, मनाङ्गे पनि तानिदै

    मुर्ति चोरी मुद्दामा दीपक मनाङ्गेकी श्रीमती पक्राउ, मनाङ्गे पनि तानिदै

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 4K
    SHARES

    हेटौडा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेकी श्रीमती दिक्षेन लामा पक्राउ परेकी छन् ।

    लामालाई जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो ।



    मंगलवार ममकवानपुर प्रहरीले पक्राउ गरी लामालाई कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।



    लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चोरेको भन्दै जिल्ला अदालत कास्कीमा चोरी सम्बन्धी मुद्धा दर्ता भएको थियाे ।

    साेहि मुद्दामा जिल्ला अदालत कास्कीले लामालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई हेटौडाबाट पक्राउ गरी कास्की पठाइएको हो ।

    स्रोतका अनुसार सांसद मनाङ्गेले नै लामालाई मुर्ति राख्न दिएको बयान प्रहरीलाई दिएकी छन् । श्रीमतीकै बयानको आधारमा मनाङ्गे पनि तानिने संभावना देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार