Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सम्पर्कविहिन भएका दिपक मनाङ्गे एकाएक मन्त्री बने

    सम्पर्कविहिन भएका दिपक मनाङ्गे एकाएक मन्त्री बने

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 3.9K
    SHARES

    पोखरा । कुनै बेलाका चर्चित डन राजीव गुरुङ उर्फ दीपक मनाङ्गे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्। स्वतन्त्र उठेर मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित मनाङ्गे गण्डकी प्रदेशको मन्त्री बनेका हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

    हिजो संसदमा अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम भए पनि दुई सांसदको अनुपस्थितिले स्थगित भएको थियो । मनाङ्गे पनि हिजो बोलाइएको प्रदेश सभा बैठकमा अनुपस्थित थिए ।माओवादी केन्द्रले मन्त्री फिर्ता गरेपछि २ वटा मन्त्रालय खाली छ ।



    २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए।



    प्रदेशसभा सदस्यमाम निर्वाचित भए पनि उनले अरु प्रदेश सभा सांसदहरुसँग सपथ लिन पाएका थिएनन्। सांसद बनेका उनी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख वैशाख ६ गते पक्राउ परेकाले सपथ रोकिएको थियो । १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका थिए।

    सपथका लागि सोही वर्षको पुस ११ गते निवेदन दिए पनि लामो समयपछि अर्थात निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको सपथ भएको हो।

    २०६१ पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोग राजीवमाथि थियो। पुनरावेदन अदालत पाटनले २०६९ मा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो। त्यतिबेला फरार उनले पछि मुद्दा ब्युँतिँदा सपथ खान पाएका थिएनन्।

    पुनरावेदनको सजाय सच्च्याउन उनले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। तर, पुनरावेदनकै सजायलाई सर्वोच्च अदालतले २०७४ माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए।

    कुनैबेला राप्रपा बनेका उनी त्यसपछि कांग्रेस भए । तर, २०७४ को निर्वाचन अघि एकाएक एमाले बनेका उनले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । यद्यपी उनले पछि एमालेकै समर्थनमा चुनाव जिते।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार