Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रहरीलाई चलाउन भन्दै मनाङेले मागे गृह मन्त्रालय, गठबन्धन फकाउने प्रयासमा

    प्रहरीलाई चलाउन भन्दै मनाङेले मागे गृह मन्त्रालय, गठबन्धन फकाउने प्रयासमा

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेर पनि विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन निर्णायक बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् । यद्यपी मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरेका थिए ।

    गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा बन्न लागेको सरकारमा मनाङेले गृहमन्त्रीमा दाबी गरेका हुन्। नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दैछन् ।



    कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका छन् ।



    मनाङेमाथिको ज्यान मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेकै बेला मनाङेले अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने भन्दै प्रहरी चलाउन गृहमन्त्री हुन चाहेको निकस्थहरुलाई बताएका छन् ।

    अहिले पनि प्रहरीले आफूलाई राम्रो नजरले नहेर्ने गुनासो गर्दै उनले गृहमन्त्रीमै दावी गरेका हुन् । यद्यपी गठबन्धनले भने उनलाई अरु मन्त्रालयमा मनाउन प्रयास गरिरहेको छ। पोखरेलले शुक्रबारै बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार