Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दिपक मनाङ्गे मन्त्रीबाट बर्खास्त

    दिपक मनाङ्गे मन्त्रीबाट बर्खास्त

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङ्गे)लाई पदमुक्त गरेका छन्।

    मनाङ्गेलाई पदमुक्त गरिएको पत्र उनले प्रदेशप्रमुखलाई पठाएका छन्। बहालवाला मन्त्री भएर पनि विश्वासको मत नदिएपछि मनाङेलाई गुरुङले पदमुक्त गरेका हुन्।



    बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा मतदानका बखत मनाङे प्रदेशसभामा अनुपस्थित थिए । मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालय अब आफैले सम्हाल्ने गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ।



    यता मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने बताएका छन्।

    मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै मन्त्री बनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार