Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी पदबाट बर्खास्त

    सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी पदबाट बर्खास्त

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 678
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबिर चौधरीलाई पदबाट हटाइएको छ।

    एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको हो।



    उनलाई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए।



    पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको हुन सक्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रावलको भनाइ छ। उनले भने –‘मन्त्रीबाट हटाइएको हो । आधिकारिकता आउन बाँकी छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार