Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • योग्यता ढाँटेको भन्दै उच्च अदालतकी न्यायाधीश साह बर्खास्त

    योग्यता ढाँटेको भन्दै उच्च अदालतकी न्यायाधीश साह बर्खास्त

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 948
    SHARES

    तुलसीपुर । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणु साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ ।

    न्यायाधीश नियुक्त हुनका लागि आवश्यक योग्यता नपुगेको (ढाँटेको) अभियोगमा न्यायपरिषद् सचिवालयको सिफारिशमा कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले साहलाई बर्खास्त गरेका हुन् ।



    उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो । उनको अयोग्यतमाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको हो ।



    न्यायपरिषद्ले सिफारिश गरेकै दिन कामु प्रधानन्यायाधीश कार्कीले साहलाई बर्खास्त गरेका हुन् । २०७५ चैत २० गते न्यायाधीश नियुक्त भएकी साह पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार