Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘सक्छस् भने बर्खास्त गरेर देखा’ भन्दै सरकारलाई चुनौती दिने गुरु भट्टराई को हुन् ?

    ‘सक्छस् भने बर्खास्त गरेर देखा’ भन्दै सरकारलाई चुनौती दिने गुरु भट्टराई को हुन् ?

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 3.6K
    SHARES

    काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोधेको छ। आचरण विपरितको कार्य गरेको भन्दै गत मंगलबार ९१९ साउन० को मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।

    मन्त्रिपरिषद्को सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भट्टराईलाई स्पष्टिकरण सोधेको हो। गर्नुपर्ने काम इमानदारीताका साथ नगरी नकारात्मक टिप्पणी गरेको भन्दै उनलाई स्पष्टिकरण सोधिएको छ।



    सुम्पिएको काम इमान्दारितापूर्वक गर्नुपर्नेमा विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रुपमा नेपाल सरकार र यसका पदाधिकारीहरूको आलोचना गर्ने, सम्मानित अदालतका कामकारबाही र आदेश वा फैसलाहरूको सम्बन्धमा अमर्यादित टिकाटिप्पणी गर्ने, राजनीतिक दल र त्यसका पदाधिकारीहरूलाई असोभनिय र गालीगलौजको शैलीमा टिप्पणी गर्ने कार्य गरेको आरोप भट्टराईमाथि लगाइएको छ।



    यस्तो कार्य सार्वजनिक पदाधिकारीले पालना गर्नुपर्ने आचरण विपरित भएको स्पष्टिकरणमा उल्लेख छ। भट्टराईले मनोनयन सम्बन्धी मापदण्ड, २०७७ को दफा ९ को खण्ड ‘घ’ बमोजिम खराब आचरण वा इमानदारितापूर्वक पदीय जिम्मेवारी अनुरुप काम नगरेको सरकारको आरोप छ।

    आचरणमाथि प्रश्न उठाउँदै सरकारले उनलाई महाप्रबन्धक पदबाट किन नहटाउने भनी स्पष्टिकरण सोधेको हो। स्पष्टिकरणमाथि जवाफ पेस गर्न तीन दिनको समय दिइएको छ। मन्त्रालयले गत शुक्रबार उनलाई स्पष्टिकरण पत्र काटेको हो।

    तर, भट्टराईले भने सरकारले राजनीतिक स्पष्टिकरण सोधेकाले जवाफ नदिने बताएका छन्। आज रेल विभागमा पत्रकार सम्मेलन आयोजना गरेर सरकारको स्पष्टिकरणको जवाफ नदिने उनले बताएका हुन्। पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो वर्ष जेठमा रेल्वेको महाप्रबन्धकमा नियुक्त गरेको थियो।

    भट्टराईले आफुले जिरोबाट सुरु गरेर सञ्चालनको तयारीमा पुर्याएको रेल विभागलाई लथालिङ बनाउने गरि सरकारको षड्यन्त्र गरेको उनको आरोप छ। भट्टराईले राजनितीक पुर्वाग्रहका आधारमा आफुलाई बर्खास्त गर्न लागेको बताएका छन्।

    प्रचण्ड र माधव नेपालले विगत देखि नै आफ्नो विरोध गर्दै हिँडेको दावी गर्दै उनले अब मैदानबाटै छिनो फानो गर्ने बताए। आफुले सामाजिक सञ्जालमा लेखेकै भरमा जिम्मेवारीबाट हटाउने हो भने लोकतन्त्र भनेको यही हो भन्दै प्रतिप्रश्न गरे।

    सरकारले आफुलाई सामाजिक सञ्जालमा लेखिएको बिषयलाई आधार मानेर स्पष्टीकरण सोधेको बताउँदै राजनितीक विषयमा पदमा बसेर जवाफ दिन नमिल्ने उनले जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार