Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दीपक मनाङेको सम्पत्ति : २२ तोला सुन, १० लाख नगद, २० वटा भैंसी र डेढ करोड ऋण

    दीपक मनाङेको सम्पत्ति : २२ तोला सुन, १० लाख नगद, २० वटा भैंसी र डेढ करोड ऋण

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.9K
    SHARES

    पोखरा । कुनै बेला गुण्डा नाइकेको पहिचान बनाएर अकुत सम्पत्ति आर्जन गरेका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै डेढ करोड ऋण भएको बताएका छन् ।

    मन्त्री नियुक्त भएको ६० दिनभित्र पेश गर्नुपर्ने प्रावधान रहे पनि मनाङेको सम्पत्ति विवरण साढे चार महीनापछि सार्वजनिक भएको हो ।



    मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित मनाङेले बुझाएको विरणमा उनले आफ्नो स्थाथी ठेगाना काठमाडौं–२९ उल्लेख गरेका छन् भने हालको ठेगाना पोखरा–१४ काजीपोखरी उल्लेख गरेका छन् ।



    उनको अर्कैको नाममा बैनापट्टा गरेको संयुक्त लगानीको जग्गा र कृषि फार्म रहेको तथा आफू ऋणमा रहेको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

    मनाङेले यसअघि नै आफ्नो सम्पत्ति सबै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको बताएका थिए । तर, उनको एउटा छोराको नाममा जग्गा देखाए पनि अरु सम्पत्ति भने खुलाएका छैनन् ।

    मनाङेले २०७० सालमा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका थिए । २०७४ सालमा उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।

    मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन् । जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।

    त्यसैगरी मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि–२ मा ३ रोपनी जग्गा रहेको मनाङेले उल्लेख गरेका छन् । पदमपोखरी मकवानपुरमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको पनि उनले बताएका छन् ।

    विभिन्न स्थानमा सगोलमा जग्गा रहेको विवरण देखाएपनि मनाङेले स्पष्ट हुने गरी खुलाएका भने छैनन् ।

    मनाङेले आफूसँग अहिले २२ तोला सुन, ४५ तोला चाँदी र मुगाको माला ८३ तोला रहेको उल्लेख गरेका छन् । २०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरेको २२ तोला सुन र र २०६८ सालमा खरिद गरेको ४५ तोला चाँदी रहेको विवरणमा उल्लेख छ । सुनको स्रोतमा उनले २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट आर्जित गरेको उल्लेख गरेका छन् । उनले मुगाको माला भने पैतृक सम्पतिका रुपमा देखाएका छन् ।

    मनाङेले एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात देखाएका छन् । उक्त रकम सांसद र मन्त्री हुँदाको तलव भएको उल्लेख गरेका छन् ।

    मनाङेले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ४ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।

    उनले संघर्ष गाईभैंसी प्रालिमा भैंसी २० वटा र गाई ५ वटा रहेको बताएका छन् । संघर्ष गाईभैंसी प्रालि पोखरा–१४ काजीपोखरीमा रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार