Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बालकुमारी मन्दिरको मुर्ति चोरी प्रकरण: खोजी गरिदिन गृहमन्त्रीलाई ज्ञापनपत्र

    बालकुमारी मन्दिरको मुर्ति चोरी प्रकरण: खोजी गरिदिन गृहमन्त्रीलाई ज्ञापनपत्र

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 984
    SHARES

    काठमाडौँ । ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा आज गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो ।



    ‘कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तबरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ । मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महल मात्र नभई प्राचिन स्मारक संरक्षण ऐन, २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासी जोडदार माग गर्दछौँ’, गृहमन्त्री खाँणलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।



    यही माघ ८ गते राति पुरातात्विक महत्वको बालकुमारी माताको मूर्ति चोरी भएको थियो । मूर्तिलाई लगाईदिएको सुनका गरगहनामेत चोरी भएको थियो । मूर्ति चोरी हुँदा सुनाकोठीका बासिन्दा मर्माहत भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘हामीहरूको आस्था र विश्वासको रुपमा रहेको मूर्ति चोरीका घटनाले धर्म, संस्कृति, परम्परा र रितीरिवाजमा ठूलो क्षति हुन गएको छ ।’

    स्थानीयवासीले मूर्ति चोरी भएको जानकारी दिनासाथ स्थानीय प्रशासनको साथमा आफूले घटनास्थलको निरीक्षण गरेको जानकारी गराउँदै मन्त्री भुसालले स्थानीय जनताको आस्थाको मूर्ति खोजी कार्यलाई प्रभावकारी तुल्याउन गृहमन्त्री समक्ष आग्रह गरिन् । उनले केन्द्रीय अपराध अनुसन्धान महाशाखाबाट घटनाबारे अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न गृहमन्त्रीलाई आग्रह गरेकी छन् ।

    मन्त्री भुसालको नेतृत्वमा गएको टोलीमा प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र दिनेश महर्जनसहित गुठी मूल नायोमा नन्दबहादुर महर्जन, कृष्णहरि महर्जन, ललितपुर महानगर वडा नं २७ का अध्यक्ष बाबुराजा महर्जन, वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनलगायत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार