Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बालकुमारी माईको मूर्ति चोरी प्रकरण: सूचना दिनेलाई ५ लाख पुरस्कार

    बालकुमारी माईको मूर्ति चोरी प्रकरण: सूचना दिनेलाई ५ लाख पुरस्कार

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गत माघ ८ गते ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।

    आइतबार बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार दिने घोषणा गरेको हो ।



    गुठीले जारी गरेको विज्ञप्तिमा ‘सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने’ पनि भनिएको छ । मूर्तिबारे कुनै सूचना भए मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न भनिएको छ ।



    स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरी भएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेल चाहिँ मूर्ति चोरी गर्नेको खोजी भइरहेको बताउँछन् ।

    प्रहरी मूर्ति खोजीका लागि प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन समेत गरेको छ । चोरीमा संलग्नले चारवटा ताल्चा काटेर मन्दिरभित्र प्रवेश गरी मूर्ति चोरेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार