Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बालकुमारी मन्दिरबाट चोरी भएको मुर्ति भेटियो

    बालकुमारी मन्दिरबाट चोरी भएको मुर्ति भेटियो

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर २७ स्थित बालकुमारी मन्दिरबाट यही माघ ९ गते हराएको मुर्ति भेटिएको छ ।

    उक्त मुर्ति खुमलटारस्थित करुणा मन्दिरको हातामा बिहान भेटिएको ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सांसद राजकाजी महर्जनले जानकारी दिए ।



    क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको बताइएको छ ।



    मुर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले अनुसन्धान गर्दै आएको थियो । यस्तै सुनाकोठीका वडा अध्यक्षले मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा समेत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार