Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बालकुमारी मन्दिरको मूर्ति चोरी, चोर पत्ता लगाउन कसम खुवाउने तयारी

    बालकुमारी मन्दिरको मूर्ति चोरी, चोर पत्ता लगाउन कसम खुवाउने तयारी

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् ।

    त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुप¥यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे ।



    सुनाकोठीका बासिन्दाको आस्थाको धरोहर बालकुमारी माईको मूर्ति आइतबार स्वयं चोरी भएको छ । मूर्ति चोरी भएपछि स्थानीय बासिन्दा प्रहरीको सहयोगमा खोजीमा जुटेका छन् । यद्यपि, आइतबार राति अबेरसम्म फेला परेको छ्रैन । तैपनि मूर्ति फेला पर्नेमा उनीहरू ढुक्क जस्तै छन् ।



    बालकुमारी माईको मन्दिरको मूर्ति हराएको थाहा पाउने पहिलो व्यक्ति हुन् प्राणनाथ महर्जन । ललितपुर महानगरपालिका–२७ सुनाकोठीका स्थानीय बासिन्दा प्राणनाथको घर बालकुमारी मन्दिरनजिकै छ ।

    उनैले शनिबार साँझ करिब पौने ६ बजे मन्दिर गई आरती गरेका थिए । आरती सकेर ताला लगाई घर फर्केका उनी आइतबार बिहान ४ बजे नै पूजा गर्न गएका थिए । तर, मन्दिर परिसरको अवस्था देखेपछि उनको मनमा चिसो पस्यो ।

    किनकि, अघिल्लो दिन आफैंले लगाएका ताला त्यहाँ थिएनन् । उनी हतारहतार मूर्ति भएको ठाउँमा पुगे । तर, मूर्ति नदेखेपछि उनको होसहवास् नै उड्यो । उनी चिच्याए । उनको चिच्याहट सुनेपछि क्षणभरमै स्थानीय बासिन्दा जम्मा भए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे ।

    प्रहरी आएपछि मात्रै उनीहरू बालकुमारी माई राखिएको मूर्ति भएको ठाउँमा गएका थिए । बालकुमारी मन्दिरको मूर्ति एक तलामाथि राखिएको थियो । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार