Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी

    बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । ललितपुर सुनाकोठीस्थित बालकुमारीको ३ सय वर्ष पुरानो मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो ।

    बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् ।



    उनले भने, ‘मूर्ति चाही पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको ।’ केही गहना भने लकर राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ ।



    उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुर्न स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे । समस्या आएपछि त्याहा मूर्ति कुर्न पनि छोडिएको थियो । बालकुमारी चौरमासमेत बालकुमारी मन्दिर रहेको छ । डिएसपी कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी”

    1. […] गते ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार