Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • किर्तिपुरबाट चोरिएको १७औं शताब्दीको गणेशको मूर्ति अमेरिकाको निजी संग्राहलयमा

    किर्तिपुरबाट चोरिएको १७औं शताब्दीको गणेशको मूर्ति अमेरिकाको निजी संग्राहलयमा

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । कीर्तिपुरस्थित बाघभैरव मन्दिरबाट हराएको गणेशको प्रस्तर मूर्ति अमेरिकाको सान फ्रान्सिस्कोमा भेटिएको छ ।

    नेपाली कला सम्पदाको पहिचान तथा घरफिर्ती अभियानको सहयोगी लस्ट आर्टस् अफ नेपाल अभियानले दिएको सूचनामा उक्त मूर्ति सान फ्रान्सिस्कोस्थित निजी संग्रहालय जानडु ग्यालरीमा फेला परेको हो।



    उक्त मूर्तिलाई १७औं शताब्दीको सिर्जना मानिएको छ । सोही ग्यालरीमा काठमाडौंको ज्याठाबाट हराइरहेको गणेश भगवानको नृत्यरत मुद्राको टुाडाल समेत गत साता मात्रै फेला परेको थियो ।



    सन् ८० को दशकमा ज्याठाको छुस्या बहालबाट चोरी भएको टुाडाल जानडु ग्यालरीमा फेला परेको हो । यसैगरी, गत साता मात्रै यही ग्यालरीमा पाटनको गुइत टोलको बौद्ध बिहारबाट हराइरहेको भगवान बुद्धको प्रस्तर मुर्ति फेला परेको थियो ।

    नवौं शताब्दीमा निर्माण भएको मानिने अक्षोभ्य बुद्धको मूर्ति पनि पाटनबाट सन् ८० को दशकमै हराइरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार