Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालकुमारी माईको मूर्ति चोरी : पाँच सदस्यीय अनुसन्धान टोली गठन

    बालकुमारी माईको मूर्ति चोरी : पाँच सदस्यीय अनुसन्धान टोली गठन

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति खोजीका लागि प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

    माईको मूर्ति खोजीका लागि उक्त अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।



    उनले भने, ‘प्राविधिक सहित अनुसन्धानका लागि टोली गठन गरेका छौं, अनुसन्धानका टुल्सहरु प्रयोग गरेर खोजी सुरु गरिसकेका छौं ।’ ललितपुर महानगरको वडा-२७ मा रहेको मन्दिरबाट बालकुमारीमाईको मूर्ति आइतबार चोरी भएको थियो ।



    चोरीमा संलग्नले चारवटा ताल्चा काटेर मन्दिरभित्र प्रवेश गरी मूर्ति चोरेको प्रहरीले बताएको छ । प्रदेश सांसद राजकाजी महर्जनले कल ट्रेसिङ्ग लगायत सम्पूर्ण अत्याधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार