Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान लागेका सात जना एयरपोर्टबाट पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान लागेका सात जनालाई विमानस्थलबाट पक्राउ गरेको छ।

सेन्टर डायग्नोस्टिक प्रयोगशाला तथा अनुसन्धान केन्द्र  र ह्याम्स अस्पतालबाट नक्कली पिसिआर रिपोर्ट बनाई फ्लाई दुबइको उडान नं. FZ574 द्वारा काठमाडौंबाट दुबई जान लागेका सात जनालाई  शनिबार बेलुका अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियाबाट पक्राउ गरिएको बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

उनीहरुले पुष १८ गते नक्कली रिपोर्ट बनाएको खुलेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

काठमाडौंका केही अस्पताल र निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरी विदेश उडेका यात्रुमा उता फेरि जाँच्दा पोजेटिभ रिपोर्ट आएपछि सरकारले छानबिन गरी कारवाही गर्नसम्बन्धित निकायलाई निर्देशन दिएको थियो।

यसअघि सानेपाको स्टार अस्पतालबाट जारी दसवटा रिपोर्टमा समस्या देखिएको भने  भने मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा दर्जनौ रिपोर्ट झुट रहेको खुलेको थियो ।

त्यस्तै, सुरिया हेल्थ केयर र सेन्ट्रल डाइनोष्टिक ल्याबोरेटरीले दिएको एक-एकवटा रिपोर्टमा समस्या देखिएको थियो।

यी अस्पताल र प्रयोगशालाले नेगेटिभ रिपोर्ट दिएका व्यक्तिको विदेशमा परीक्षण गर्दा पोजेटिभ आएको थियो। यो समस्यापछि नेपाल एयरलाइन्सले सरकारी प्रयोगशालामा परीक्षण गरेकालाई मात्र उडान अनुमति दिने वताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077