Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद् पुनर्स्थापना हुन सक्दैन : प्रधानमन्त्री ओली

    संसद् पुनर्स्थापना हुन सक्दैन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएका छन् ।

    नेकपा ओली समूहको काठमाडौंमा आयोजित विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको बताए ।



    यस्तै सभामुख र राष्ट्रपतिले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको संवैधानिक इजलासले सोधेको कारणको जवाफ दिएका छन् । सभामुख अग्नि सापकोटाले लिखित जवाफ दिँदै प्रधानमन्त्रीलाई त्यो अधिकार नभएको बताएका छन् ।



    सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस १९ गतेभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई प्रतिनिधिसभा विघटनसँग सम्बन्धित कागजात बुझाउन र कारणबारे प्रष्ट पार्न कारणदेखाउ आदेश जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार