Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकार ढाल्ने रणनीतिमा धक्का : कर्णालीका सामाजिक विकास मन्त्रीले छाडे ओली पक्ष

काठमाडाैँ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकायाले केपी ओलीलाई छाडेर प्रचण्ड–माधव नेपाल पक्षतिर लागेका छन् ।

उनीहरुको यो निर्णयबाट ४० सदस्सीय प्रदेशसभामा प्रचण्ड–नेपाल पक्षका सांसदको संख्या २१ पुगेको छ ।

यही अवस्थामा अविश्वास प्रस्ताव दर्ता भइहाले काँग्रेस र राप्रपाको समर्थन हुँदा पनि पारित हुने अवस्था देखिँदैन ।

कर्णालीमा ओली समूह प्रचण्ड–नेपाल पक्षका सांसदलाई आफूतिर तानेर काँग्रेस र राप्रपाको सहयोगमा सरकार ढाल्ने रणनीतिमा अघि बढेको देखिएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077