Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेढ करोड अवैध रकमसहित दुई जना पक्राउ

काठमाडौं । महानगरी प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेका छन् ।

सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।

कपिलवस्तुबाट काठमाडाैं आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ प्रहरीले बरामद गरेकाे थियाे ।

पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077