Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार एक दिन सेवा नै बन्द गर्ने निर्णय भएको छ ।

आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो।

विभागको सूचनामा पनि ‘सवारी चालक अनुमतिपत्रको अनलाइन फारम सर्भरको मर्मतका लागि आज अनलाइन सर्भर बन्द’ गरिएको उल्लेख छ ।

कोभिडका कारण गत चैतदेखि बन्द रहँदै आएको लाइसेन्सको नयाँ आवेदन विभागले गत मंगलबारदेखि मात्र खुल्ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077