Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्रोत नखुलेको ८ लाख रूपैयाँसहित किशाेर पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको ८ लाख रूपैयाँसहित किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटमा एक १७ वर्षीय किशाेर रहेका छन् । भारतबाट नेपाल रकम भित्र्याएको आरोपमा बाराका उनलाई पक्राउ गरेको हो।

रौतहटको मौलापुर नगरपालिका–५ मा बाराको सिम्रौनगढ नगरपालिका–१ खजानी गाउँका लक्ष्मण साहका १७ वर्षीय छोराको झोलाबाट स्रोत नखुलेको अवैध नेपाली आठ लाख रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ आएका साहले चढेको प्रदेश १–०२०४२ प २०० नम्बरको पल्सर मोटरसाइकललाई जाँच गर्दा साहले बोकेको झोलाबाट आठ लाख रूपैयाँ बरामद भएको प्रहरीको भनाइ छ।

साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077