Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् पूर्ण इजलासको माग गर्दै निवेदन पेश

    प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् पूर्ण इजलासको माग गर्दै निवेदन पेश

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट सर्वोच्चको बृहत् पूर्ण इजलासबाट सुनवाई हुनुपर्ने भन्दै १२ जना निवेदकहरुले निवेदन दिएका छन् ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेकालगायत १२ जनाले आफूहरुले दिएको रिटको सुनुवाई बृहत् पूर्ण इजलासबाट होस् भन्दै सर्वाेच्च अदालतमा निवेदन दिएका हुन् ।



    निवेदकमध्येका एक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेकाअनुसार बृहत् पूर्ण इजलासबाट सुनुवाई होस् भनेर उनीहरुले निवेदन सर्वोच्च अदालतको सम्वन्धित फाटमा बुझाईसकेका छन् । न्यौपानेको भनाईमा उनीहरुले संविधानको धारा १२८ अनुसार सुनुवाई होस् भनेर निवेदन दिएका हुन् ।



    धारा १२८ को उपधारा (२) मा ‘सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै अदालत र न्यायिक निकायहरू सर्वोच्च अदालत मातहत रहनेछन् ।

    संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वाेच्च अदालतलाई हुनेछ’ उल्लेख छ । यही अनुसार सुनुवाई होस् भनेर निवेदकहरुले निवेदन दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार