Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले विवाद : आज पनि भएन सहमति, भोलि फेरि बस्ने निर्णय

    एमाले विवाद : आज पनि भएन सहमति, भोलि फेरि बस्ने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कार्यदलको बैठक मंगलबार सहमतिबिनै सकिएको छ । एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठकमा पार्टी भित्रको विवादबारे विषयगत छलफल सुरु भएपनि कुनै सहमति हुन सकेन ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए  । बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।



    प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सर्वोच्चको फैसला अगाडि नै पार्टीको विवाद समधान गर्ने गरी एमालेका दोस्रो तहका नेताहरुले घनिभूत छलफल गरिरहेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार