Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले एकतामा बाबुराम बने तगारो, ओली-नेपाल मिले प्रतिगमनको नयाँ भेरियन्ट आउने खतरा !

    एमाले एकतामा बाबुराम बने तगारो, ओली-नेपाल मिले प्रतिगमनको नयाँ भेरियन्ट आउने खतरा !

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्तरिक द्वन्दमा गुज्रिहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको विवादलाई लिएर मुख खोलेका छन्।

    कोरोना भाइरसझैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने टिप्पणी भन्दै आइतबार राति पूर्वप्रधानमन्त्री भट्टराईले एमालेको एकतातर्फ संकेत गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत् मुख खोलेका हुन्।



    पछिल्लो समय एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी ओलीसँग सहमति गर्ने चर्चा चलिरहँदा अध्यक्ष भट्टराईले मिल्न नहुने तर्क गर्दै एकताको बाटोमा ट्वीटमार्फत् तगारो हालेका छन्।



    उनले पहिलो भेरियण्टले संविधानको सशरीर हत्या गर्न खोजेको उल्लेख गर्दै दोस्रो भेरियण्ट संविधानको आत्मा मार्नेगरी आउनसक्ने भन्दै एकता नगर्न सुझाब स्वरुप तगारो हालेको बुझ्न सकिन्छ।

    एमाले अध्यक्ष ओलीले दुई पटक प्रतिनिधि सभाविघटन गरेका थिए । उक्त कदमले संविधानको सशरीर हत्या गर्न खोजेको उल्लेख गर्दै अब चालिने कदमले संविधानको आत्म नै मार्ने बाबुरामको भनाई रहेको छ । यस्तो अवस्थामा आफ्नो पार्टी वा गुटतिर नफर्कनसमेत उनले अपिल गरेका छन्।

    अध्यक्ष भट्टराईले ट्वीटमा भनेका छन्, ‘कोरोनाझैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ। अत: ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार