Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसद विघटनविरुद्धको मुद्दा हेर्न नमिल्नेमा, पुस २९ मा सुनुवाई हुने

    संसद विघटनविरुद्धको मुद्दा हेर्न नमिल्नेमा, पुस २९ मा सुनुवाई हुने

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । संसघीय संसदकाे प्रतिनिधि सभा विघटनविरुद्धको सबै रिट बुधबार सुनुवाईकै क्रममा हेर्न नमिल्नेमा राखिएको छ ।

    सुनुवाईकै क्रममा न्यायाधीश हरिकृष्ण कार्कीका सम्बन्धमा प्रश्न खडा भएपछि उनी इजलासबाट बाहिरिएका थिए । उनी बाहिरिएपछि उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा पठाइएको छ ।



    यसअघि उक्त मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेका थिए ।



    राणाले गठन गरेको इजलासमा यसअघि पुस १० गतेको इजलासमै भएका न्यायाधीशहरू छन् । संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छानेका थिए ।

    यसैबीच यस मुद्दामाथिको अर्को सुनुवाइ आउने पुस २९ गते बुधबार हुने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार