Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाँच वर्षसम्म पनि टुंगिएनन् निर्वाचन विवादका मुद्धा, संवैधानिक इजलासद्वारा बेवास्ता

    पाँच वर्षसम्म पनि टुंगिएनन् निर्वाचन विवादका मुद्धा, संवैधानिक इजलासद्वारा बेवास्ता

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 921
    SHARES

    काठमाडौं । २०७४ सालमा निर्वाचनमा धाँधली भएको भन्दै दायर गरेका उम्मेदवारको मुद्दाको सुनुवाइ पाँच वर्ष बित्न लाग्दासमेत टुंगिन सकेको छैन ।

    संवैधानिक इजलासले मुद्दाको छिटो सुनुवाइ गरेर फैसला दिनुपर्ने भए पनि २०७९ का लागि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुँदासमेत यसअघिका कैयौं मुद्दा सुनुवाइ हुन नसकेको हो ।



    २०७४ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार निर्वाचित भए । उनले वामगठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजित गरे । गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।



    मतगणनाका क्रममा आफ्ना प्रतिनिधिलाई बाहिर निकालेर राज्य संयन्त्रको दुरुपयोग गरी गच्छदारलाई विजयी घोषणा गरिएको दाबी गर्दै चौधरीले मुद्दा हालिन् । सोही आरोपसहित उनले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

    उनको मुद्दा संवैधानिक इजलासमा पुग्यो तर आजसम्म किनारा लाग्न सकेन । २६ पटक पेसी तोकिएको सो मुद्दा संवैधानिक इजलासमा १० पटक हेर्न नभ्याइनेमा प¥यो ।

    प्रदेशसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ ‘ख’का कांग्रेस उम्मेदवार प्रदीप पौडेल वामगठबन्धनकी आशा कोइरालासँग ५ मतले पराजित भए । धाँधली भएको भन्दै उनले दिएको मुद्दाउपर संवैधानिक इजलासले आजसम्म कुनै निर्णय दिएको छैन । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पौडेल प्रदेश सभामा थोरै मतले पराजित भएका थिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार