Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जोगियो ५२ संवैधानिक पदाधिकारीको पद, विपक्षीसँग लिखित जवाफ माग

    जोगियो ५२ संवैधानिक पदाधिकारीको पद, विपक्षीसँग लिखित जवाफ माग

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विभिन्न संवैधानिक आयोगहरूमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति प्रक्रिया संविधान विपरीत भन्दै परेको रिटमा संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    योसँगै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि बसेको संवैधानिक परिषदको बैठकको सिफारिसबाट नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारी पद कायम रहने भएको छ ।



    संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा बुधबार संवैधानिक इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको हो । । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद लगायतका निकायमा नियुक्तिको आधार र कारण पेश गर्न आदेश दिएको हो ।



    तत्कालिन प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत संवैधानिक परिषदसम्बन्धी कार्यविधि संशोधन गरेपछि बसेको संवैधानिक परिषदले विभिन्न संवैधानिक आयोगमा ५२ जनालाई नियुक्ति सिफारिस गरेको थियो । उनीहरुले संसदीय सुनुवाइविनै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति पाएका थिए ।

    तर, विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएका ५२ पदाधिकारीको नियुक्ति खारेजी गर्नुपर्ने माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, समृत खरेललगायतले रिट दायर गरेका थिए ।

    संवैधानिक परिषद्को २०७७ मंसिर ३० को सिफारिसमा नियुक्त पदाधिकारीहरू
    प्रेमकुमार राई, प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
    किशोरकुमार सिलवाल, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
    जयबहादुर चन्द, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
    रामप्रसाद भण्डारी, आयुक्त, निर्वाचन आयोग
    जानकीकुमारी तुलाधर, आयुक्त, निर्वाचन आयोग
    तपबहादुर मगर, अध्यक्ष, राष्ट्रिय मानवअधिकार आयोग
    सूर्यप्रसाद शर्मा ढुंगेल, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
    मिहिर ठाकुर, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
    मनोज दुवाडी, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
    लिली बस्न्यात, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
    जुद्धबहादुर गुरुङ, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
    अमरराज श्रेष्ठ, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
    कमलाकुमारी पराजुली, अध्यक्ष, राष्ट्रिय महिला आयोग
    कृष्णकुमारी पौडेल, सदस्य, राष्ट्रिय महिला आयोग
    विद्याकुमारी सिन्हा, सदस्य, राष्ट्रिय महिला आयोग
    देवराज विश्वकर्मा, अध्यक्ष, राष्ट्रिय दलित आयोग
    मीनादेवी सोब, सदस्य, राष्ट्रिय दलित आयोग
    टुन्जे कामी, सदस्य, राष्ट्रिय दलित आयोग
    मेहल पार्की, सदस्य, राष्ट्रिय दलित आयोग
    रामचन्द्र जोशी, सदस्य, राष्ट्रिय समावेशी आयोग
    हरिदत्त जोशी, सदस्य, राष्ट्रिय समावेशी आयोग
    रामबहादुर थापामगर, अध्यक्ष, आदिवासी जनजाति आयोग
    मीनबहादुर श्रीष, सदस्य, आदिवासी जनजाति आयोग
    रिना राना, सदस्य, आदिवासी जनजाति आयोग
    शरण राई, सदस्य, आदिवासी जनजाति आयोग
    जीवछ साह, सदस्य, मधेसी आयोग
    रेणुदेवी साह, सदस्य, मधेसी अयोग
    विजयकुमार गुप्ता, सदस्य, मधेसी आयोग
    सुबोधसिंह थारू, सदस्य, थारू आयोग
    भोलाराम चौधरी, सदस्य, थारू आयोग
    महमदिन अली, सदस्य, मुस्लिम आयोग
    मिर्जा अर्सद वेग, सदस्य, मुस्लिम आयोग

    २०७८ वैशाख २६ को सिफारिसबाट नियुक्त पदाधिकारी
    हरि पौडेल, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
    सुमित्रा श्रेष्ठ (व्याञ्जु), आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
    माधवप्रसाद रेग्मी, सदस्य, लोक सेवा आयोग
    माधव बेल्वासे, सदस्य, लोक सेवा आयोग
    वीरबहादुर राई, सदस्य, लोक सेवा आयोग
    दिनेश सिलवाल, सदस्य, लोक सेवा आयोग
    मञ्जु कुमारी, सदस्य, लोक सेवा आयोग
    सगुनशमशेर जबरा, आयुक्त, निर्वाचन आयोग
    विपिनराज निरौला, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
    जया घिमिरे, सदस्य, राष्ट्रिय महिला आयोग
    सावित्राकुमारी शर्मा, सदस्य, राष्ट्रिय महिला आयोग
    सुन्दर पुर्कुटी, सदस्य, राष्ट्रिय दलित आयोग
    रामकृष्ण तिमिल्सेना, अध्यक्ष, राष्ट्रिय समावेशी आयोग
    पुष्पराज तिमिल्सिना, सदस्य, राष्ट्रिय समावेशी आयोग
    मनप्रसाद खत्री, सदस्य, राष्ट्रिय समावेशी आयोग
    सूर्यबहादुर गुरुङ, सदस्य, आदिवासी जनजाति आयोग
    आभा कुमारी, सदस्य, मधेसी आयोग
    उमाशंकरप्रसाद चौधरी, सदस्य, थारू आयोग
    शान्ति मोदी, सदस्य, थारू आयोग
    मो. समसुल हक, सदस्य, मुस्लिम आयोग

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार